'लक इन पिरियड' सकिनुभन्दा ३० दिनअघि नै सूचना दिन निर्देशन

 मंसिर २५, २०८० सोमबार १५:४५:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल धितोपत्र बोर्डले सूचीकृत संस्थालाई संस्थापक समूह तथा अन्य समूहको लक इन पिरियड सकिनुभन्दा ३० दिनअघि सार्वजनिक गर्न निर्देशन दिएको छ ।

बोर्डले आज साेमवार सूचना निकालेर शेयर कारोबारलाई थप व्यवस्थित तथा पारदर्शी बनाउनका लागि यस्तो व्यवस्था गरेको जनाएको छ । लक इन पिरियड खुल्नुअघि नै लगानीकर्ता एवम् सम्बन्धित सबै सरोकारवालालाई जानकारी गराउनु अनिवार्य गरिएको सूचनामा भनिएको छ ।

यसरी सूचना जारी गर्दा कुल शेयर सङ्ख्या तथा लक इन अवधि समाप्त हुने मितिसमेत स्पष्ट खुलाउनु पर्नेछ । सूचनाको जानकारी धितोपत्र बोर्ड, नेप्से तथा सीडीएस एन्ड क्लियरिङलाई उपलब्ध गराउनु पर्नेछ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया