ग्लोबल आईएमईकाे सहायक कम्पनी जेबीएनएल सेक्युरिटिज सञ्चालनमा, 'स्टक ब्रोकर' सम्बन्धी सेवा दिने

 मंसिर २५, २०८० सोमबार १६:३१:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ग्लोबल आईएमई बैंक लिमिटेडको सहायक कम्पनीको रूपमा रहेको जेबीएनएल सेक्युरिटिज लिमिटेडले आज सोमवारदेखि धितोपत्र कारोबारसम्बन्धी सेवा शुरु गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष एवम् ग्लोबल आईएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक कार्यक्रमबीच जेबीएनएल सेक्युरिटिज कम्पनीकाे उद्घाटन गरी टीएमएसमार्फत धितोपत्र खरिद सेवाको शुभारम्भ गर्नुभयो ।

सेवाकाे शुभारम्भ गर्दै अध्यक्ष ढकालले संस्थाको पूर्ण व्यावसायिक सफलताको कामना गर्नुभयो र धितोपत्र बजारको विकास र विस्तारसँगै देशको आर्थिक गतिविधिमा समेत यो कम्पनीले महत्त्वपूर्ण भूमिका खेल्न सक्नुपर्ने बताउनुभयो । त्यसैगरी ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संस्थागत सुशासन, पूर्वाधार तथा नियमनकारी निकायहरूबाट प्राप्त निर्देशनको पूर्ण परिपालनामा यो कम्पनी उदाहरणीय हुने बताउनुभयो ।

कार्यक्रममा ग्लोबल आईएमई बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, कम्पनी सचिव विष्णुप्रसाद बास्कोटा, कम्पनीका सञ्चालकलगायत बैंकको उच्च व्यवस्थापन तहका कर्मचारीको उपस्थिति रहेको थियो ।

नेपाल धितोपत्र बोर्डबाट धितोपत्र कारोबारका लागि इजाजत प्राप्त यो कम्पनीको कारोबार गर्ने ठाउँ काठमाण्डाै महानगरपालिका–१० नयाँ बानेश्वर शङ्खमूल मार्ग र नेपाल स्टक एक्सचेन्ज लिमिटेडकाे धितोपत्र दलाल सदस्य नम्बर ८९ रहेको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया