बालकृष्ण खाणलाई ३० लाख रुपैयाँ धराैटीमा छाड्न उच्च अदालतकाे आदेश

 मंसिर २८, २०८० बिहिबार १७:४१:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई धराैटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएकाे छ ।

आज बिहीवार उच्च अदालतका न्यायाधीश कृष्णराम काेइरालाकाे इजलासले खाणलाई धरौटीमा छाड्न आदेश दिएको हो । यो प्रकरणमा खाणको प्रत्यक्ष संलग्नता नदेखिएपछि काठमाण्डौ जिल्ला अदालतको आदेश बदर गरी उच्च अदालतले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएकाे हाे । धरौटी बुझाएपछि खाण सात महिनापछि छुट्नु हुनेछ ।

यसअघि उच्च अदालत पाटनमा दुई जना न्यायाधीशबीच राय बाझिएपछि सुनुवाइ आजका लागि सारिएको थियो । जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाणलाई छाड्ने विषयमा गएको मङ्सिर १५ गतेको सुनुवाइका क्रममा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा खाण गएको वैशाख २७ गते पक्राउ पर्नुभएको थियो ।

आदेशकाे पूर्णपाठ–

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया