सेवा लम्साल सचिवमा बढुवा, परराष्ट्र मन्त्रालयले पायाे पहिलाे महिला सचिव

 मंसिर २८, २०८० बिहिबार १७:५५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सरकारले परराष्ट्र सचिवमा वरिष्ठ सहसचिव सेवा लम्साललाई बढुवा गरेको छ । मन्त्रिपरिषद्को आज बिहीवारको बैठकले लम्साललाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

सरकारको यो निर्णयसँगै स्थापनाको ७२ वर्षपछि परराष्ट्र मन्त्रालयले पहिलो महिला परराष्ट्र सचिव पाएको छ । लम्साल नेपालको २५ औँ परराष्ट्र सचिव बन्नुभएकाे छ ।

यसअघि भरतराज पाैड्याल परराष्ट्र सचिव हुनुहुन्थ्याे । ५८ वर्षे उमेरहदका कारण पाैड्यालले यही मङ्सिर १९ गतेदेखि अवकाश पाएपछि लम्साल नयाँ परराष्ट्र सचिव हुनुभएकाे हाे । 

सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार बैठकले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको छ । साथै बैठकले विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरणसम्बन्धी कार्ययोजना २०८० स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया