'सरकारले युवा केन्द्रित कार्यक्रम नल्याए केही समयमै पहाडी क्षेत्र रित्तिने खतरा छ'

 मंसिर २९, २०८० शुक्रबार ११:१४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमालेको सङ्कल्प यात्रा तेह्रथुम पुगेको छ । तेह्रथुमको वसन्तपुरबाट शुरु भएकाे यात्रा बेलुका आठराई गाउँपालिकाको सङ्क्रान्ति बजारमा पुगेर बास बस्ने जनाइएको छ ।

एमालेले बैतडीको झुलाघाटबाट शुरु गरेको समृद्धिका लागि सङ्कल्प यात्राले अहिलेसम्म १ हजार ८ सय १ किलोमिटरको दूरी पार गरिसकेको छ । एमालेको केन्द्रीय सचिवालयका सबै पदाधिकारी सहभागी भएको टोलीले मध्पहाडी राजमार्ग अन्तर्गतका २६ जिल्लाको यात्रा तय गरेको छ ।

यसैबीच, एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले युवा केन्द्रित कार्यक्रम नल्याए केही समयमै पहाडी क्षेत्र रित्तिने खतरा रहेको बताउनुभएको छ ।

बिहान  महाकाली—मेची अभियानअन्तर्गत तेह्रथुमको वसन्तपुरमा कुरा गर्दै उहाँले यात्राका क्रममा आफूहरुले युवा केन्द्रित कार्यक्रम ल्याउन नसके केही समयभित्रै गाउँहरु रित्तिने र शिक्षा र स्वास्थ्यमा झनै ठूलो सङ्कट पैदा हुने अवस्था अनुभव गरेको बताउनु भयो ।

उहाँले गाउँ बस्तीहरु बिस्तारै युवाविहीन अवस्थामा पुगेको भन्दै जलवायु परिवर्तनका असरले पनि गाउँमा धेरै ठूलो क्षति परेको बताउनुभयो । 

तस्बिर : केपी ओलीकाे फेसबुक

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया