रुपन्देहीको करैया सामुदायिक वनबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ

 पुस ३, २०८० मंगलबार ७:३१:२२ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

काठमाण्डाै - रुपन्देहीको करैया सामुदायिक वनबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार पक्राउ पर्नेमा देवदह नगरपालिका–१० गैरीगाउँ का ४८ वर्षीय कर्णबहादुर परियार र त्यही ठाउँको चरङ्गेका ४२ वर्षीय दिपक परियार रहेका छन् ।

तिलोत्तमा नगरपालिका–८ मा रहेको करैया सामुदायिक वनबाट उनीहरुलाई २ नाल भरुवा बन्दुक, छर्रा र बारुदसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

हिजो पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी दानबहादुर थापाले जानकारी दिनुभयो ।  
 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया