एमाले सांसद पन्तको प्रश्न– ‘नेपाली सेनाले आफ्ना लागि चाहिने गोलीगट्ठा र बारुद पनि बनाउन सक्दैन ?’

 पुस ४, २०८० बुधबार १६:५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका सांसद रघुजी पन्तले नेपाली सेनाले आफ्ना लागि चाहिने न्यूनतम गोलीगट्ठा र बारुद उत्पादन गर्न नसक्नुको कारण माग गर्नुभएको छ ।

आज बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था र सुशासन समितिको बैठकमा सांसद पन्तले नेपाली सेनाले विस्फाेटक पदार्थका लागि पनि छिमेकी देशको भर पर्नुपर्ने अवस्था हो भन्दै प्रश्न गर्नुभएको हो । उहाँले ढुङ्गा फोड्न, पड्काउन अरूको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले बाटो बनाउन पनि छिमेकीबाट बारुद आएन भनेर बस्नुपर्ने अवस्था ताेड्नका लागि हाम्रो सैनिक नेतृत्वले कति प्रयत्न गरेको छ भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मित्र राष्ट्र भारतबाट विस्फाेटक पदार्थको आपूर्ति हुन नसकेको, मित्र राष्ट्र चीनबाट विस्फाेटक पदार्थको आपूर्ति अहिले भइरहेकाे कुराले एउटा सेन्सेटिभ बनाएको छ । हाम्रो त यही सेना हो, यो सेनाले आफ्ना लागि चाहिने न्यूनतम गोलीगट्ठा र बारुद पनि अहिलेसम्म उत्पादन गर्न सक्दैन ? अहिलेसम्म ढुङ्गा फोड्न, पड्काउन अरूको मुख ताक्नुपर्ने हो ? देश आत्मनिर्भर हुनुपर्दैन आफ्नो रक्षामा ? जाबो बाटो बनाउन पनि छिमेकीबाट बारुद आएन भनेर बस्नुपर्ने अवस्था ताेड्नका लागि हाम्रो सैनिक नेतृत्वले कति प्रयत्न गरेको छ ?’

सांसद पन्तले कुनै बेला युद्धका लागि तयार हुनपर्ने भए कति दिनसम्म नेपाली सेनाले थेग्छ भन्दै प्रश्न पनि गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया