भारतले दुई दशकमा साढे १९ करोड भन्दा धेरै रोजगारी थप्यो
कात्तिक १७, २०८१ शनिबार
लमजुङ– आङै सिरिङ्ग हुने उच्च भिरपहरा । त्यही भिरपहरामा महसिकारीले निडरताका साथ मह काढेको दृश्य । जोकोहीलाई अवस्मिरणीय लाग्न सक्छ । रोचक लाग्न सक्छ ।
विश्वमै विरलै हुने गर्दछ, कहालीलाग्दो भिरपहरामा हुने ‘हनी हन्टिङ’ अर्थात् महसिकार । ‘आँटिला’ सिकारीले मात्रै महसिकार गर्ने हिम्मत गर्छन् ।
लमजुङका गुरुङ समुदायको परम्परागत पेशा पनि हो, महसिकार । जंगलका आसपालमा बस्दै आएका गुरुङ समुदायका मानिसहरुको आम्दानीको श्रोत बन्ने गरेको महसिकार पछिल्ला वर्षमा पर्यटक तान्ने एक आकर्षण समेत बनेको छ ।
महसिकार आन्तरिक तथा बाह्य दुवै पर्यटक लोभ्याउने राम्रो माध्यम बनेको पर्यटन व्यवसायी नरबहादुर गुरुङ बताउनुहुन्छ । ‘भिरपहरामा पाइने मौरीको संरक्षण गर्नु आवश्यक छ । उचित तवरबाट महसिकार गर्न सकिए स्थानीयको आम्दानीमा वृद्धि हुनसक्छ । महसिकारकै माध्यमबाटै स्वदेशी तथा विदेशी पर्यटक तान्न सकिन्छ । त्यसैले महशिकारलाई पर्यटन प्रवद्र्धनको रुपमा विकास गर्नु आवश्यक छ’, उहाँले भन्नुभयो ।
महसिकार गर्न गाह्रो
महसिकारको सिजन सुरु भएसँगै जिल्लाका भिरपहराहरुमा महसिकार भएका छन् । जानकारहरुका अनुसार प्रत्येक वर्ष वैशाख र कात्तिक महिनामा भिरमाहुरीको मह काढिन्छ ।
लमजुङका विभिन्न ठाउँमा रहेका ‘छङ्गाछुर’ अग्ला ठाडा भिरपहरामा हुने महशिकार हेर्दा जति डर लाग्छ । सिकार गर्न झनै गाह्रो छ । र पनि ‘निडर’ हनी हन्टरहरु आफ्नो ‘ज्यानको बाजी’ लगाउँदै पहरामा महसिकार गर्दै आइरहेका छन् । परापूर्वकालदेखि नै भिरपहरामा पाइने भिरमौरीको सिकार गर्न गाउँलेको हानाथाप चल्ने गर्दथ्यो । तर अहिले त्यस्ता ‘महसुर’ शिकारी भेट्टाउनै मुश्किल पर्ने पुरानापुस्ताका महसिकारीहरु गुनासो गर्छन् ।
‘सीप हस्तान्तरणको अभावमा महसिकार पेशा संकटमा पर्न सक्छ । यसमा नयाँ पुस्तासँगै सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ’, २२ वर्षअघि देखि महसिकार गर्दै आएका दिलबहादुर गुरुङले भन्नुभयो ।
महसिकारलाई सरकारी तहबाट नै विशेष प्राथमिकतामा राख्नुपर्ने जानकारहरु बताउँछन् । प्रविधिको विकाससँगै नयाँ पुस्तालाई महसिकारसम्बन्धी आवश्यक तालिम र आधुनिक सामग्री उपलब्ध गराउनु आवश्यक रहेको अर्का महसिकारी मिनबहादुर गुरुङको भनाई छ ।
जिल्लाको ताघ्रिङ, घनपोखरा, भुलभुले, भुजुङ, दूधपोखरीलगायतका भिरपहराहरुमा भीर माहुरी प्रशस्तै पाईन्छ । महसिकार गर्ने प्रचलन निकै पुरानो हो । तर पर्यटक आकर्षणका लागि पछिल्लो समय जिल्लाका विभिन्न ठाउँमा ‘हनी हन्टिङ फेस्टिवल’ रुपमा महसिकार हुँदै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।