धरहरा सञ्चालनको एक महिनामा ५५ लाख रुपैयाँको टिकट बिक्री
पुस ९, २०८१ मंगलबार
नवलपुर – राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको नारायणगढ–बुटवल खण्ड विस्तारमा ढिलाइ भएको भन्दै ध्यानाकर्षण गराउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दबाब यात्रा शुरु गरेको छ ।
पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा आज सोमवार नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा रहेको भृकुटीचोकबाट दबाबमूलक पदयात्राको शुरुवात भएको हो ।
दबाब यात्रा शुरु हुनु अगाडि आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले निर्धारित समयमा सडक विस्तार नहुँदा स्थानीयलाई समस्या परेको भन्दै सडक चाँडो निर्माण गराउन दबाब दिन यात्रा शुरु गरेको बताउनुभयो ।
‘यो बाटो बनेको छैन, विकास आयोजना नबन्दा स्थानीयवासी, यात्रु, व्यवसायीदेखि सबैले कष्टपूर्ण जीवन भोग्नुपरेको छ’, उहाँले भन्नुभयो, ‘यसलाई लिएर नीति निर्माण तहमा पनि कुरा हुन्छ ।’
बन्द कोठाभित्र बसेर नीति निर्माण गर्नु र फिल्डमा आएर स्थानीयले भोगेको समस्या एकछिन मात्रै भोग्दा पनि उनीहरूको पीडाको बारेमा बोध हुने लामिछानेले बताउनुभयो ।
‘आमसर्वसाधारण सधैँभरि हिँडेका छन्, दौडेका छन्, धुलो बाटोमा गाडी चलाएका छन्, धुलाम्मे भएका छन्, हिलाम्मे भएका छन्’ उहाँले भन्नुभयो, ‘तर हामी नीति निर्माताले पनि सबैतिरबाट दबाब दिनुपर्ने भएकाले यात्रामा हिँडेका हौँ ।’
दुई पटक म्याद थप गर्दासमेत समयमा सडक विस्तारको काम नसकिने देखिएपछि यसलाई अझ बढी सार्वजनिक चासोमा ल्याउन र यसको महत्त्वबारे सबैलाई जानकारी गराउन यो यात्रा जरुरी रहेको उहाँले बताउनुभयो । समयमै विकास आयोजनाका काम सम्पन्न गराउनका लागि दबाब सृजना गरिएका विभिन्न कार्यक्रममध्येको एउटा कार्यक्रमका रूपमा दबाब यात्रालाई लिएको उहाँले बताउनुभयो ।
सभापति लामिछानेले पैदल यात्रा गरेर तीन दिनमा बुटवल पुग्ने तयारीमा रहेको भन्दै आफ्नो यात्रामा कुनै पनि स्वागत सत्कार नगर्न आग्रह गर्नुभयो । ‘म यात्रामा निस्केको समयमा स्थानीयका कुरा सुन्न सक्दिनँ, छलफल गर्न सक्दिनँ’, उहाँले भन्नुभयो, ‘तर मेरो टिम छ, उहाँहरूले स्थानीयका गुनासो सुन्ने र छलफल गर्ने काम गर्नुहुन्छ, उहाँहरूले सबै कुरा मलाई पछि बताउनुहुन्छ ।’
नागरिकको भोगाइ थाहा पाउन र चाँडो सडक विस्तारको काम सम्पन्न गर्नका लागि मात्रै यात्रामा निस्किएको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।