'आईएमई पे' र 'एजुकेशन पार्क' बीच विद्यार्थीलाई छुट दिने सम्झौता

 पुस ११, २०८० बुधबार १४:३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालको पहिलो डिजिटल वालेट आईएमई पेु र एजुकेशन पार्कबीच आयल्ट्स र पीटीईकाे तयारी कक्षामा ५० प्रतिशत छुट दिने सम्झौता भएको छ ।

सम्झौताअनुसार काठमाण्डाैकाे सिभिल मलकाे आठौँ तलामा रहेको एजुकेशन पार्कमा आयल्ट्स र पीटीईको तयारी कक्षा लिन इच्छुक विद्यार्थीले आईएमई पेमार्फत कक्षाको शुल्क भुक्तानी गर्दा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यही पुस ६ गतेदेखि लागू भएकाे याे याेजनाकाे अवधि तीन महिनाकाे हुने आईएमई पेले जनाएकाे छ ।

याे याेजनाले आयल्ट्स र पीटीई कक्षा लिन चाहने विद्यार्थीलाई अझ सहज हुने दुवै कम्पनीले विश्वास लिएका छन् । योजनाको अवधि तीन महिनाको भए पनि पहिला कक्षा 'बुक' गर्ने विद्यार्थीले आफ्नो समयअनुसारको कक्षा छनाेट गर्न सक्नेछन् । विद्यार्थीमाझ अति नै लोकप्रिय दुवै कक्षा अनलाइनमार्फत समेत लिन सकिने व्यवस्था गरेको एजुकेशन पार्कले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया