प्रधानमन्त्री कार्यालयका ६८ जनाको दरबन्दी कटौती गर्ने मन्त्रिपरिषद्को निर्णय

 पुस १२, २०८० बिहिबार १७:३२:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका ६८ जना कर्मचारीको दरबन्दी कटौती गर्ने भएको छ ।

आज बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयको पुनःसंरचनासहित सङ्गठन व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) स्वीकृत गरेको र अहिलेको दरबन्दीमा ६८ वटा पद कटौती गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । प्रधानमन्त्री कार्यालयअन्तर्गतका ६८ जना कर्मचारी अब अरु कार्यालयमा पदस्थापना हुने उहाँले बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री कार्यालयमा कर्मचारी धेरै भएको भन्दै कटौती गरेर टिमलाई चुस्त बनाउने बताउनुभएको थियो । मन्त्री शर्माले भन्नुभयाे, ‘प्रधानमन्त्रीको सम्बोधनका क्रममा व्यक्त भएका प्रतिबद्धताको कार्यान्वयन शुरु भएको छ, अब हामी सबै निकायमा त्यो लागू गर्छाैँ ।’

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया