बझाङमा ५० प्रतिशत हाराहारीमा मतदान
बैशाख १५, २०८१ शनिबार
अर्घाखाँची – नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रले अर्घाखाँची शितगङ्गा नगरपालिकमा रहेको शुभ श्री अग्नि सिमेन्ट उद्योगको विद्युत् लाइन काटेको छ।
शितगङ्गा नगरपालिका वडा नम्बर ८ जलुकेमा उद्योग रहेको शुभ श्री अग्नि सिमेन्ट उद्योगले बाँकी महशुल र जरिबाना समेत गरी ४७ करोड रुपैयाँ नतिरेपछि गएरातिदेखि विद्युत् लाइन काटिएको विद्युत प्राधिकरण अर्घाखाँची शाखाका प्रमुख त्रिलोचन भट्टराईले बताउनुभयो ।
डेडिकेटेड लाइनको विद्युत् उपयोग गरे बापतको रकम नतिरेपछि लाइन काटिएको हो । अर्घाखाँचीको शितगङ्गा नगरपालिका ८ चरिङगेमा रहेको उद्योगले सिमेन्ट उत्पादन गर्दै आएको थियो ।