आईएमईद्वारा सातै प्रदेशमा रेमिटेन्स साक्षरता कार्यक्रम सम्पन्न

 पुस १८, २०८० बुधबार २०:३३:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – रेमिटेन्स सेवा प्रदायक कम्पनी आईएमईले सातै प्रदेशमा रेमिटेन्स साक्षरतासम्बन्धी कार्यक्रम सम्पन्न  गरेको छ ।

गएकाे मङ्सिरदेखि सातै प्रदेशमा सञ्चालन भएकाे याे कार्यक्रममा प्रत्येक प्रदेशअन्तर्गतका व्यावसायिक साझेदारहरूकाे उत्साहपूर्वक उपस्थित रहेको आईएमईले जनाएकाे छ । साक्षरतासम्बन्धी कार्यक्रममा सुरक्षित माध्यमबाट रेमिटेन्स र यसको प्रयोग विषयमा केन्द्रित रहेर रेमिटेन्समार्फत प्राप्त भएको रकम सुरक्षितरूपमा कसरी हस्तान्तरण गर्ने, रेमिटेन्स गरी रकम पठाउने तथा प्राप्त गर्ने के कुरामा ध्यान पुराउने तथा रेमिटेन्सको डिजिटल प्रयाेगसम्बन्धी विषयमा रहेर प्रशिक्षण सम्पन्न भएकाे हो ।

वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राही तथा स्वदेशमै कमाएको रकमको सुरक्षाको उद्देश्यका साथ याे कार्यक्रम सम्पन्न भएकाे आईएमईले जनाएकाे छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया