राेजगारीका लागि मलेसिया गएका झापाका विनोद १६ वर्षदेखि सम्पर्कविहीन

 पुस २३, २०८० सोमबार ८:३३:३१ | रासस
unn.prixa.net

झापा - वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया जानुभएका झापा अर्जुनधारा–११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन हुनुुहुन्छ । उहाँ २०६० सालमा २२ वर्षकाे हुँदा घरको आर्थिक अवस्था कमजोर भएका कारण मलेसिया जानुभएको थियो । मलेसिया गएकाे चार वर्षसम्म परिवारकाे सम्पर्कमा रहेका बिनाेद त्यसपछि सम्पर्कविहीन भएका उहाँकी ६६ वर्षीया आमा सुकमायाले बताउनु भयाे । 

'२२ वर्षको हुँदा मलेसिया गएको थियो । अहिले ४२ वर्षकाे भयो । कहाँ छ, के गर्दैछ, केही अत्तोपत्तो छैन' सुकमायाले भन्नुभयो । 

विनोदका दुई भाइ र दुई बहिनी छन् । माइला भाइ भीम घरमा आमा–बुबाको हेरचाह गरेर बस्नुभएको छ भने कान्छा भाइ टेकबहादुर विदेश जाने तयारीमा हुनुहुन्छ । दुईजना बहिनी रुमा र लीलाको विवाह भइसकेको छ । विनोदका ७१ वर्षीय बुबा वीरबहादुर घरमै हुनुहुन्छ ।

'१६ वर्षअघि म बिरामी परेका बेला एकपटक कस्तो छ बुबा भनेर सोधेको थियो, त्यसपछि खबर छैन', उहाँले भन्नुभयो । सुकमायाले ९० हजार रुपैयाँ ऋण काढेर विनोदलाई आफ्नै भाइ नरबहादुर र स्थानीयवासी विकास सुब्बा (डोले) मार्फत काठमाण्डाैको मेनपावरबाट मलेसिया पठाएको बताउनुभयो । उहाँले मलेसिया गएपछि विनोदले ९० हजार ऋण तिर्ने पैसा र आमाबुबाको उपचारका लागि थप २० हजार पठाएको बताउनुभयो ।

आमा सुकमाया र बुबा वीरबहादुरले छोरा जहाँ, जस्तो अवस्थामा भए पनि खोजी गरिदिन सबैलाई आग्रह गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया