लगातार तेस्रो दिन शेयर बजार बढ्यो, ५ अर्ब १३ करोड रुपैयाँको कारोबार

 पुस २५, २०८० बुधबार १५:५८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लगातार तेस्राे दिन आज पनि शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव ५० अङ्कले बढेर दुई हजार ८९ दशमलव ६२ विन्दुमा पुगेको छ ।

आज बैंकिङ, उत्पादन, माइक्रोफाइनान्स, म्युचल फन्ड, अन्य र व्यापार समूहको शेयर सामान्य बढेको छ । अरू समूहको शेयर घटेको छ ।

आज सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्त, हिमालयन रि इन्सुरेन्स, मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्रमा बजार  बढेको दिन आज  छिमेक लघुवित्त र ग्लोबल आईएमई बैंक डिबेन्चर २०८६/८७ को शेयर झन्डै छ प्रतिशतले घटेको छ ।

आज एक करोड ३४ लाख ७७ हजार कित्ता शेयर पाँच अर्ब १३ करोड ४८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको ३२ करोड ७८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया