आउँदाे वर्ष नेपालको आर्थिक वृद्धि ५ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान

 पुस २५, २०८० बुधबार १९:५७:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विश्व बैंकले आउँदो आर्थिक वर्षमा धेरै देशको आर्थिक वृद्धि सुस्त हुने भए पनि नेपालको वृद्धिदर पाँच प्रतिशत पुग्ने अनुमान गरेको छ ।

विश्व बैंकले सार्वजनिक गरेको विश्वव्यापी आर्थिक सम्भावनाहरूको प्रतिवेदनअनुसार आउँदो आर्थिक वर्षमा नेपालमा पाँच प्रतिशतको आर्थिक वृद्धि रहने उल्लेख छ । विशेष गरेर नेपालको जलविद्युत् क्षेत्रमा भइरहेको लगानीका कारण आर्थिक गतिविधि र आर्थिक वृद्धिमा टेवा पुग्ने प्रतिवेदनमा उल्लेख छ । आयोजना निर्माणबाट हुने रोजगारी, त्यहाँ खपत हुने सामग्री र उत्पादनपछिको सहज बिजुली आपूर्तिले गर्दा अर्थतन्त्र चलायमान बनाउने देखिएको हो ।

चालु आर्थिक वर्षमा भने नेपालको आर्थिक वृद्धि तीन दशमलव नाै प्रतिशत विश्व बैंकको अनुमान छ । गएको आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर एक दशमलव नाै प्रतिशतमा सीमित भएको थियो ।

यस्तै यो अङ्ग्रेजी वर्ष सन् २०२४ मा विश्वव्यापी आर्थिक वृद्धि घट्ने विश्व बैंकको प्रक्षेपण छ । सन् २०२३ मा दुई दशमलव छ प्रतिशत रहेको विश्वव्यापी आर्थिक वृद्धि सन् २०२४ मा दुई दशमलव चार प्रतिशत रहने देखिएको हो । यस्तै सन् २०२५ मा दुई दशमलव सात प्रतिशत वृद्धि हुने अनुमान छ ।

कोरोना महामारीपछि निरन्तर दबाबमा रहेको विश्वको अर्थतन्त्रमा अहिले पनि मन्दी देखिएको र यसले अति कम विकसित र विकासशील देशमा धेरै असर गर्ने पनि विश्व बैंकले चेतावनी दिएको छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया