शेयर बजार सामान्य घट्यो, ७ वटा कम्पनीको शेयरमा भने सकारात्मक सर्किट

 पुस २६, २०८० बिहिबार १५:३५:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै  – लगातार तीन दिनसम्म बढेको शेयर बजार आज भने सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव ६२ अङ्कले घटेर दुई हजार ८८ दशमलव ९९ विन्दुमा झरेको छ ।

आज जलविद्युत्, माइक्रोफाइनान्स, अन्य र व्यापार समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर ओरालो लागेको छ ।

बजार घटेको दिन आज सात वटा कम्पनीको शेयर भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै एबीआई बैंकको ऋणपत्र २०८९ साढे नौ प्रतिशतले घटेको छ ।

आज दुई करोड २१ लाख  ३२ हजार कित्ता शेयर चार अर्ब ३० करोड ७७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन बैंकको प्रमोटर शेयर २३ करोड ८५ लाख रुपैयाँमा कारोबार किनबेच भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया