५ महिनामै ६ खर्ब १३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, विदेश जानेको सङ्ख्या निकै घट्यो

 पुस २६, २०८० बिहिबार १७:४६:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चालु आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामै ६ खर्ब १३ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि मङ्सिरसम्म ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो पोहोरको पाँच महिनाको तुलनामा २७ दशमलव ६ प्रतिशतले धेरै हो । यस्तै अमेरिकी डलरमा रेमिट्यान्स २४ दशमलव ५ प्रतिशतले बढेर ४ अर्ब ६२ करोड डलर पुगेको छ ।

रेमिट्यान्स बढे पनि विदेश जानेहरूको सङ्ख्या भने घटेको देखिएको छ । पाँच महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या १ लाख ७३ हजार पाँच सय ५५ जना रहेको छ । यो अघिल्लो वर्षको पाँच महिनाको तुलनामा ६३ हजार दुई सय जनाले कम हो ।

यस्तै पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ४ हजार जना रहेको छ, यो अघिल्लो वर्षको तुलनामा ११ हजार ९ सय जनाले कमी हो ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया