पाँचथरको मिक्लाजुङमा श्रीमानको आक्रमणबाट श्रीमतीको ज्यान गयो : सासु र छिमेकी घाइते

 पुस २७, २०८० शुक्रबार ७:२८:५४ | उपेन्द्र येक्तेन
unn.prixa.net

प्रतीकात्मक तस्बिर

पाँचथर - पाँचथरको मिक्लाजुङ गाउँपालिकामा श्रीमानको आक्रमणबाट श्रीमतीको ज्यान गएको छ ।

मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेकी ३५ वर्षीया गोमा फियाकलाई तुम्बेवा–४ मा रहेको घरबाट मिक्लाजुङ-३ ससुराली घर पुगेर ३५ वर्षीय असफल कुरुम्वाङले खुकुरी प्रहार गरेका जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सुमित कुशवाहले जानकारी दिनुभयो ।

खुकुरी प्रहारबाट गोमाको ज्यान गएको र आमा कान्छीमाया र छिमेकी महेन्द्र श्रेष्ठ घाइते हुनुभएको छ । घाइते उहाँहरुलाई उपचारका लागि दमक पठाइएको वडाध्यक्ष जीवनहाङ फियाकले बताउनुभयो । माइतीघर बस्दै आएकी गोमासँगको विवाद मिलाउन ससुराली घर पुगेका कुरुम्वाङले छलफल चलिरहेका बेला खुकुरी हानेका थिए ।

श्रीमतीको हत्यापछि उनी फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया