डोनाल्ड ट्रम्प न्यु ह्याम्पशायरबाट रिपब्लिकन प्राइमरी चुनावमा विजयी

 माघ १०, २०८० बुधबार १२:१५:३८ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यु ह्याम्पशायरबाट रिपब्लिकन प्राइमरी चुनाव जित्नुभएको छ । ट्रम्पले ११ प्रतिनिधि पाउनुभएको वासिङ्गटन पोस्टलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उहाँका प्रतिद्वन्द्वी निक्की हेलीले ८ जना प्रतिनिधि पाउनुभएको छ । हेली राष्ट्रसंघीय पूर्व राजदूत हुनुहुन्छ ।

प्राइमरीको नतिजा अनुसार न्यु ह्याम्पशायरमा रिपब्लिकन पार्टीका कुल २२ प्रतिनिधि छन् । यो प्राइमरी चुनावमा विजयी हुने राष्ट्रपतिको उम्मेदवार बन्ने लगभग निश्चित हुने विश्वास गरिन्छ । ट्रम्पले न्यु ह्याम्पशायर जितेपछि रिपब्लिकनका लागि यो दौड समाप्त भएको विश्लेषण गरिएको छ ।

पूर्व राष्ट्रपतिको लागि यो महत्वपूर्ण जित हो । यो जितसँगै ट्रम्पलाई आउँदो नोभेम्बरमा पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्ने हैसियत बनाइदिएको छ । राष्ट्रपति जो बाइडेन पनि डेमोक्र्याटबाट प्राइमरी चुनाव जित्ने अनुमान गरिएको छ । तर उहाँको पार्टी भित्रको लडाइँका कारण बाइडेनको उम्मेद्वारी सहज नहुने बीबीसीको खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया