द्वन्द्वकालमा भत्किएको बर्दिया भुरीगाउँको प्रहरी चौकी झण्डै २२ वर्षपछि पुनःनिर्माण

 माघ १०, २०८० बुधबार १२:१४:१९ | भावुक योगी
unn.prixa.net

बर्दिया – द्वन्द्वकालमा भत्किएको बर्दिया भुरीगाउँको प्रहरी चौकी झण्डै २२ वर्षपछि पुनःनिर्माण भएको छ । द्वन्द्वकालका बेला झण्डै २२ वर्षअघि २०५८ सालमा बम विष्फोटबाट पूर्ण रुपमा भत्किएको इलाका प्रहरी कार्यालय बगनाहा, भुरीगाउँको भवन पुनःनिर्माण भएको हो ।

बर्दिया ठाकुरबाबा नगरपालिका २ मा रहेको नवनिर्मित इलाका प्रहरी कार्यालयको भवन लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले हिजो उद्घाटन गर्नुभएको छ । प्रहरी कार्यालयको भवन पुनःनिर्माणका लागि लुम्बिनी प्रदेश सरकारले ३ करोड ७८ लाख ४१ हजार रुपैयाँ सहयोग गरेको थियो ।

इलाका प्रहरी कार्यालय बगनाहा भुरीगाउँको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समेत समस्या थियो । अब थुनुवा हिरासत कक्षसहितको भवन निर्माण भएसँगै स्थानीयलाई प्रहरीसँग सम्बन्धित मुद्धा लिएर सदरमुकाम गुलरिया जानुपर्ने बाध्यता हटेको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया