चीनले १ वर्षमा १ करोड २० लाख बढी सहरी रोजगारी सिर्जना गर्‍याे

 माघ १०, २०८० बुधबार १५:१४:२९ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

चीनले सन् २०२३ मा आफ्नो सहरी क्षेत्रमा १ करोड २० लाखभन्दा धेरै रोजगारी सिर्जना गरेको छ । गएको वर्ष कुल गार्हस्थ्य उत्पादनमा ५ दशमलव २ प्रतिशतले बढेको चीनमा १ करोड २० लाख रोजगारी सृजना भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सन् २०२३ मा ३० करोड युआनभन्दा बढी केन्द्रीय र स्थानीय सरकारको आर्थिक सहयोगका साथ देशले रोजगारीका लागि नीतिगत सहयोग बढाएको खबरमा उल्लेख छ ।

पछिल्ला चरणहरूमा चीनले सामाजिक बीमाको बोझ कम गर्दै वित्तीय अनुदान र कर प्रोत्साहन बढाएर अधिक वित्तीय सहायता प्रदान गर्दै रोजगारीलाई आफ्नो शीर्ष प्राथमिकताका रूपमा कायम राखेको छ ।

देशको स्थिर आर्थिक पुनरुत्थान, परम्परागतबाट नयाँ वृद्धि सूचकहरूमा स्थानान्तरण र रोजगारी सिर्जनाका नयाँ स्रोतहरूको निरन्तर उदयका कारण चीनको रोजगारी सामान्य तया स्थिर रहने अपेक्षा गरेको अधिकारीहरूले बताएका छन् ।

 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया