भारतमा आज ७५औँ गणतन्त्र दिवस मनाइँदै

 माघ १२, २०८० शुक्रबार ९:४८:३७ | एजेन्सी
unn.prixa.net

भारतले आज विभिन्न कार्यक्रम गरी ७५औँ गणतन्त्र दिवस मनाउँदैछ । भारत ब्रिटिस उपनिवेशबाट १९४७ को अगष्ट १५ मा स्वतन्त्र भएको थियो ।

१९५० को जनवरी २६ मा संविधान जारी भएसँगै भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको हो ।

दिवसको अवसरमा हुने समारोहमा यो वर्ष भारतले फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनलाई प्रमुख अतिथि बनाएको छ । आज उहाँ ट्याङ्क, ऊँट घोडचढी र लडाकू जेट फ्लाई पास्टसहित रङ्गीन सैन्य मार्चपासमा सहभागी हुनुहुने बीबीसी हिन्दीले जनाएको छ ।

भारतको विदेश मन्त्रालयले नयाँ दिल्ली र पेरिस ‘रणनीतिक साझेदार’ भएको बताएको छ भने फ्रान्सेली राष्ट्रपतिले आफ्नो भ्रमणले भारत र फ्रान्सबीचको कुटनीतिक र आर्थिक सम्बन्धलाई सुदृढ र गहिरो बनाउने बताउनुभएको खबरमा उल्लेख छ । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया