अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पले मानहानी मुद्दामा आठ करोडभन्दा बढी अमेरिकी डलर क्षतिपूर्ति तिर्नुपर्ने

 माघ १३, २०८० शनिबार १२:२२:१६ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – एक अमेरिकी अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लेखक ई जीन क्यारोलले दायर गरेको मानहानी मुद्दामा झण्डै आठ करोड डलर क्षतिपूर्ति तिर्न आदेश दिएको छ । सन् २०१९ मा आफु राष्ट्रपति भएका बेला ट्रम्पले आफूलाई बदनाम गरेको क्यारोलले आरोप लगाउनु भएको थियो ।

अदालतले यस मानहानी मुद्दामा फैसला सुनाउँदै, क्यारोललाई भावनात्मक रूपमा चोट पुर्‍याएको र उहाँको प्रतिष्ठामा चोट पुर्‍याएकोमा क्षतिपूर्ति र जरिबाना समेत गरेर आठ करोडभन्दा बढी अमेरिकी डलर तिर्नुपर्ने बीबीसीले जनाएको छ । यसअघि ट्रम्पले क्यारोललाई यौन दुर्व्यवहार गरेको पाइएको थियो । त्यसपछि ट्रम्पले सामाजिक सञ्जालमा लगातार क्यारोललाई निशाना बनाएका थिए ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया