टर्कीका राष्ट्रपतिद्वारा स्वीडेनको नेटो सदस्यता अनुमोदन

 माघ १३, २०८० शनिबार १५:२५:३४ | एजेन्सी
unn.prixa.net

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले नेटोमा स्वीडेनको सदस्यतालाई अनुमोदन गर्नुभएको छ।

टर्की संसदले पश्चिमी सैन्य गठबन्धनमा सामेल हुने स्वीडेनको प्रस्तावलाई अनुमोदन गर्ने विधेयक पारित गरेको दुई दिनपछि एर्दोगानले आधिकारिक राजपत्रमा कानुन प्रकाशित गर्नुभएको हो । टर्कीको संसदले ग्राण्ड नेशनल एसेम्बलीमा भएको बहसपछि विधेयकमा मतदान गरेको हो ।

मतदानमा ३ सय ४६ सांसदले भाग लिएका थिए जसमा पक्षमा २ सय ८७, विपक्षमा ५५ र अनुपस्थित चार मत परेका थिए । रुसले २०२२ मा युक्रेनमा आफ्नो सैन्य अभियान शुरु गरेपछि स्वीडेन र फिनल्याण्डले नेटोमा सामेल हुन आवेदन दिएका थिए । अब स्वीडेनलाई नेटोमा सदस्य बन्ने बाटो खुलेको छ। 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया