टर्कीले अमेरिकासँग २३ अर्ब डलरमा लडाकु विमान खरिद र मर्मत गर्ने

 माघ १३, २०८० शनिबार १८:४३:२४ | एजेन्सी
unn.prixa.net

टर्कीले स्वीडेनलाई नेटोको सदस्यता अनुमोदन गर्ने निर्णय गरेसँगै अमेरिका र टर्कीबीच लडाकु विमान खरिदको सम्झौता भएको छ ।

टर्कीले चार वर्षदेखि अमेरिकासँग अत्याधुनिक सैन्य विमान खरिद गर्ने योजना बनाए पनि अमेरिकाले स्वीडेनलाई नेटोको सदस्य बन्ने बाटो खोलिदिनुपर्ने सर्त राखेको थियो।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले नेटोमा स्वीडेनको सदस्यतालाई अनुमोदन गरेसँगै अमेरिकी सरकारले टर्कीलाई ४० वटा नयाँ एफ–१६ लडाकु विमान बेच्ने सम्झौतालाई अनुमोदन गरेको हो ।

यो सम्झौता २३ अर्ब डलरको छ । यस्तै, टर्कीमा रहेका ७९ वटा एफ–१६ विमानको आधुनिकीकरणको पनि सम्झौता भएको छ । टर्कीले सन् २०२१ देखि नै नयाँ लडाकु जहाज खरिद र पुरानाको आधुनिकीकरणको लागि अमेरिकासँग आग्रह गर्दै आएको थियो । तर रुस वरपरका देशलाई नेटो देशका सदस्य बनाएर घेर्ने रणनीति लिएको अमेरिकाले स्वीडेनलाई नेटोको सदस्यता दिनुपर्ने सर्त राख्दै आएको थियो ।

टर्कीलाई टुक्राउने मागसहित हतियारसहितको विद्रोह गरेका कुर्दिस लडाकुलाई स्वीडेनले आश्रय दिएको टर्कीको आरोप  थियो । अब टर्कीले स्वीकृति दिए पनि स्वीडेनलाई नेटोको सदस्यता बन्ने प्रस्तावलाई हङ्गेरीले भने स्वीकृति दिएको छैन ।

नयाँ सदस्यताको लागि नेटोका सबै देशको स्वीकृति चाहिन्छ । अहिले नेटोमा ३१ देश सदस्य छन् । यसअघि टर्कीले फिनल्याण्डलाई पनि नेटोको सदस्य बन्न रोकेकोमा गएको वर्ष स्वीकृति दिएको थियो ।

नेटोका कुनै एक सदस्यमाथि कतैबाट हमला भएमा सबै राष्ट्र मिलेर प्रत्याक्रमण गर्नुपर्ने नियम छ। युक्रेनले पनि लामो समयदेखि नेटोको सदस्य बन्न आवेदन दिइरहेको छ, तर युक्रेनले नेटोको सदस्यता पाएमा ३१ वटै देश रुससँग लड्नुपर्ने जोखिम देखेर सदस्यता दिएका छैनन । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया