बैतडीसहित सुदूर पहाडमा वर्षासँगै हिमपात

 माघ १८, २०८० बिहिबार १५:२६:४२ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – बैतडीसहित सुदूर पहाडमा वर्षासँगै हिमपात शुरु भएको छ । आज बिहानैदेखि यी क्षेत्रमा वर्षासँगै हिमपात भइरहेको छ ।

बैतडीकाे खोड्पे, सिगास, बाँजपानी, सतबाज, अनारखोली र मुरुयाचौर लगायतका क्षेत्रमा हिमपात भइरहेको छ । यसैगरी बझाङ, दार्चुला र डडेल्धुराका उच्च लेकाली भेगमा पनि हिमपात भइरहेको छ ।

असोजपछि माघमा हिउँदे वर्षा भएपछि किसानले राहत महसुस गरेका छन् । ढिलोगरी हिउँदे वर्षा भए पनि हिउँदे बालीका लागि राहत मिलेको सुर्नया गाउँपालिका–६ का किसान लवदेव अवस्थीले बताउनुभयो । यस्तै लामाे समयपछि वर्षा र हिमपात हुँदा हिउँदे तरकारी तथा फलफूलका लागि समेत राम्रो भएको पाटन नगरपालिका–१० का कृष्ण विष्टले बताउनुभयो ।

अहिले हिउँदे फलफूलका बिरुवा लगाउने समय भएकाले हिमपातसहितको वर्षाले निकै राहत पुग्ने कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया