प्रदेश सरकार स्थापना दिवसको अवसरमा आज लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

 माघ २१, २०८० आइतबार ७:५६:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – लुम्बिनी प्रदेश सरकारले आज स्थापना दिवस मनाउँदैछ । प्रदेश सरकार स्थापना दिवसको अवसरमा आज लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । ६ वर्षदेखि फागुन ३ गते मनाउँदै आएको स्थापना दिवस यसपाली सारेर आज माघ २१ गते मनाउन लागिएको हो ।

सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष पाण्डेयले प्रदेश स्थापना दिवस र सरकारको स्थापना दिवस एकै दिन मनाउन लागिएको बताउनुभयो । प्रदेश सभाको चुनाव भएर २०७४ साल माघ २१ गते पहिलो बैठक बसेको दिनलाई आधार मानेर लुम्बिनीले यसअघि हरेक वर्ष माघ २१ लाई प्रदेशको स्थापना दिवसका रुपमा मनाउँदै आएको थियो भने फागुन ३ लाई सरकार स्थापना दिवसका रुपमा मनाउँदै आएको थियो । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया