शेयर बजार साढे ५ अङ्कले घट्याे, ३ अर्ब २१ कराेड रुपैयाँकाे काराेबार

 माघ २१, २०८० आइतबार १६:३७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ३१ अङ्कले घटेर दुई हजार ६१ दशमलव ७० विन्दुमा झरेको छ ।

आज विकास बैंक, फाइनान्स र लगानी समूहको शेयर सामान्य बढेको छ । अरू सबै समूहको शेयर ओरालो लागेको छ । आज मिथिला लघुवित्त र रावा इनर्जी कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन आज युनिक नेपाल लघुवित्तको शेयर १० प्रतिशत र मोलुङ हाइड्रोपावर कम्पनीको शेयर साढे नौ प्रतिशतले बढेको छ ।

आज ९२ लाख ७२ हजार सात सय कित्ता शेयर तीन अर्ब २१ करोड ६७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन रि इन्सुरेन्स कम्पनीको ३३ करोड ५८ लाख रुपैयाँको शेयर खरिद/बिक्री भएको छ ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया