एमाले धादिङको अधिवेशनमा केन्द्रको हस्तक्षेप, भोलि बिहानदेखि बन्द सत्र शुरु हुने

 माघ २२, २०८० सोमबार १३:५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमाले धादिङ जिल्ला कमिटीको नवौँ अधिवेशनमा दुई पक्षका नेताहरुबीच विवाद भएपछि पार्टी केन्द्रले हस्तक्षेप गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पक्षका नेताहरूलाई काठमाण्डौ बोलाएर सङ्गठन विभागको प्रत्यक्ष अनुगमनमा अधिवेशन गर्न निर्देशन दिनुभएको छ । ओलीको निर्देशनपछि जिल्ला अधिवेशनको बन्दसत्र भोलि मङ्गलवारदेखि शुरु हुने भएको छ ।

भोलि बिहान ८ बजदेखि बन्दसत्र शुरु हुने अधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले जानकारी दिनुभयो । धादिङ एमालेको नयाँ नेतृत्वका लागि निवर्तमान अध्यक्ष भूमि त्रिपाठी र पूर्वप्रदेश सभा सदस्य तथा बाग्मती प्रदेशका पूर्वराज्य मन्त्री रामकुमार अधिकारी आकाङ्क्षी छन् । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया