उपचुनावकाे मिति घाेषणा हुनुअघि नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयाेगकाे आह्वान

 माघ २२, २०८० सोमबार १५:५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले उपचुनाव गर्नुपर्ने क्षेत्रमा मतदाता नामावलीमा नाम छुटेकालाई नाम दर्ता गर्न आह्वान गरेको छ ।

आयोगले आज विज्ञप्ति निकालेर उपचुनावको मिति घोषणा हुनुअघि नै नाम दर्ता गर्न आह्वान गरेको हो । २०७९ सालको वैशाख १० गते पालिका चुनाव र मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनाव भएपछि रिक्त पदहरूमा उपचुनाव गर्ने तयारी आयोगले गरेको छ ।

पालिका, प्रदेश सभा र प्रतिनिधि सभा सदस्यका २३ वटा पद रिक्त रहेकाले उपचुनाव गर्नुपर्ने आयोगले जनाएको छ । पद रिक्त रहेका क्षेत्रहरूको विवरणसहित आयोगले मतदाता नामावली दर्ता गर्न अनुरोध गरेको हो । 

उपचुनावको मिति तोक्ने गरी आन्तरिक तयारी शुरु गरेको आयोगले जनाएको छ । मतदाता नामावली ऐन २०७३ मा चुनावको मिति तोकिएपछि मतदाता नामावलीमा नाम दर्ता गर्ने काम स्थगित गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया