शेयर बजार दाेहाेराे अङ्कले बढ्याे, काराेबार रकम भने घट्याे

 माघ २२, २०८० सोमबार १५:५१:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । लगातार तीन दिन घटेको शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ५७ अङ्कले बढेर दुई हजार ७६ दशमलव ५७ विन्दुमा पुगेको छ ।

आज होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, म्युचल फन्ड र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेको छ । आज नेपाल टेलिकम, पिपुल्स पावर लिमिटेड र समाज लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेकाे दिन आज स्वाभिमान लघुवित्तको शेयर सबैभन्दा धेरै साढे छ प्रतिशतले घटेको छ ।

आज शेयर बजार बढे पनि कारोबार रकम भने घटेको छ । आज ७४ लाख ९१ हजार कित्ता शेयर दुई अर्ब ४३ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको १८ करोड ५९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया