राष्ट्रिय सभा अध्यक्षमा माओवादीकाे दाबी रहन्छ : प्रचण्ड

 माघ २३, २०८० मंगलबार १८:५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा अध्यक्षमा पार्टीको दाबी रहने बताउनुभएको छ ।

राष्ट्रिय सभा र प्रतिनिधि सभामा रहेका माओवादी सांसदहरूको संयुक्त संसदीय दलको बैठकमा आज प्रचण्डले पहिलो दल भएको आधारमा पनि अध्यक्षमा दाबी रहने बताउनुभएको हो ।

राष्ट्रिय सभामा माओवादी केन्द्र ठूलो दल बन्न लागेको र सत्ता गठबन्धनमा भएको समझदारीअनुसार प्रधानमन्त्रीबाट प्रचण्डले राजीनामा दिनुपर्ने हुँदा अध्यक्ष छोड्न नहुने तर्क सांसदहरूले राखेका छन् । सांसदहरूले माओवादी केन्द्रलाई कांग्रेसले पटक–पटक धोका दिएको भन्दै राष्ट्रिय सभा अध्यक्ष छोड्न नहुने धारणा राखेका थिए ।

राष्ट्रिय सभाको अध्यक्षमा नेपाली कांग्रेसको पनि दाबी रहेको छ । राष्ट्रिय सभा अध्यक्षका लागि आउँदाे फागुन २९ गते चुनाव हुँदैछ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया