सम्पत्ति शुद्धीकरण विधेयक पारित

 माघ २४, २०८० बुधबार १८:१७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – प्रतिनिधि सभाको आजको बैठकले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०८० बहुमतले पारित गरेको छ ।

यस्तै बैठकले संविधान सभाका सदस्यसमेत रहनुभएका नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । प्रतिनिधि सभाको अर्को बैठक आउँदो फागुन ६ गते आइतवार बिहान ११ बजेका लागि तोकिएको छ । ६ गतेको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहनेछ ।

आजको बैठकको शून्य समयमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराका छन् । यस्तै आज दलगत रूपमा शीर्ष नेताहरूले मन्तव्य राखेका छन् ।

यसैबीच आज बसेको राष्ट्रिय सभाको बैठकले राष्ट्रियसभा नियमावली २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन २०८० सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकले पूर्वमन्त्री तथा संविधान सभा सदस्य केशवकुमार बुढाथोकीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रिय सभाको अर्को बैठक आउँदो २८ गते दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया