त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि १४ जना ‘सर्टलिस्ट’ मा

 माघ २६, २०८० शुक्रबार ७:२६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस समितिले आवेदन दिएका ४३ मध्ये १४ जनाको नामवली सार्वजनिक गरेको छ ।

१४ जनाको सर्ट लिस्टमा पर्नेहरुमा कुशुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौडेल, टङ्कनाथ धमला, तीर्थराज खनियाँ, नारायणप्रसाद बेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुुसाल र सूर्यबहादुर थापा छन् । आवेदन दिएका ४३ जनामध्ये व्यक्तिगत विवरणसहित कार्ययोजना र सोचपत्रको मूल्यांकन गरी ‘सर्टलिस्ट’ तयार पारिएको समितिले जनाएको छ ।

सर्टलिस्टमा परेकाहरुको आउँदो माघ २९ देखि फागुन २ गतेसम्म प्रस्तुतीकरण र अन्तर्वार्ता हुनेगरी तालिका तय भएको छ । अन्तर्वार्तापछि तीन जनाको नाम कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सिफारिस गरिने समितिले जनाएको छ । अन्तर्वार्ताबाट छानिने तीन जनामध्ये एक जना उपकुलपतिमा नियुुक्त हुनेछन् ।

गएको कात्तिक १७ देखि त्रिभुवन विश्वविद्यालयमा उपकुलपति पद रिक्त छ । यसअघिका उपकुलपति धर्मकान्त बाँस्कोटाको ४ वर्षे कार्यकाल पूरा भएपछि शिक्षाध्यक्ष शिवलाल भुसाललाई बढीमा ३ महिनाका लागि निमित्तको जिम्मेवारी दिइएको थियो । नयाँ नियुक्तिमा ढिलाइ भएपछि भुसाललाई फेरि ३ महिनाका लागि जिम्मेवारी दिइएको छ । 

 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया