कोशी प्रदेश सरकार र सङ्घर्ष समितिबीचको वार्ता सकारात्मक, आज पनि छलफल

 माघ २६, २०८० शुक्रबार ७:४२:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - कोशी प्रदेश सरकार र प्रदेश पुनःनामकरण संयुक्त सङ्घर्ष समितिबीच हिजोदेखि शुरु भएको वार्ता सकारात्मक भएको दुवै पक्षले बताएका छन् ।

वार्तामा दुवै पक्षबीच साझा सहमति कायम गरी प्रदेश सरकार समक्ष सिफारिस गर्ने निर्णय भएको छ । प्रदेश सरकार वार्ता समितिका संयोजक भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जवेगुले वार्ताको सकारात्मक शुरुवात भएको बताउनुुभयो ।

यस्तै, सङ्घर्ष समितिका वरिष्ठ सदस्य युवराज राईले सरकारसँग भएको वार्तामा आफ्ना माग र आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार र क्षतिपूर्तिलगायतका विषयमा सकारात्मक छलफल भएको बताउनुभयो।

हिजो झण्डै तीन घण्टा भएको वार्तामा दुवै पक्षबाट आ–आफ्ना कुरा राख्ने काम सकिएको र आज बिहान फेरि छलफल हुने वार्ता टोलीका संयोजक भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुले बताउनुुभयो । अघिल्लो वर्ष फागुनमा प्रदेशसभा बैठकले प्रदेशको नाम कोशी पारित गरेपछि पहिचान पक्षधरले पुनः नामकरणको माग राख्दै आन्दोलन गर्दै आएका छन् ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया