चीनले चन्द्रमाको अँध्यारो भागको अध्ययन गर्ने, आउँदो मे महिनामा यान पठाउने तयारी

 फागुन ५, २०८० शनिबार १२:१९:० | एजेन्सी
unn.prixa.net

चीनले चन्द्रमाको भित्रि अर्थात् अँध्यारो भागको अध्ययन गर्ने भएको छ । यसका लागि चीनले चांगई–६ नामको यान प्रक्षेपण गर्ने भएको हो । चन्द्रमाको फार साइड अर्थात् सुदूर हिस्सा क्षेत्रमा पुगी नमूना सङ्कलन पश्चात धर्तीमा अवतरण गर्ने यो यान चीनले मे महिनामा प्रक्षेपण गर्ने तयारी गरेको छ ।

चीनको हैनान प्रान्तमा रहेको वेनचांग स्पेसपोर्टमा यानसँग सम्बन्धित काम भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सन् २०२० मा चांगई–५ को सफलतापछि चीनका वैज्ञानिकहरुको टोली चांगई–६ को निर्माणमा लागेका यो योजनाका व्यस्थापक इञ्जिनियर झांग यांगले बताउनुभयो । यो योजना सफल भएमा चीन चन्द्रमाको भित्रि भागबाट नमुना सङ्कलन गर्ने पहिलो देश बन्नेछ ।

चांगई-६ चन्द्रमाको फार साइड क्षेत्रमा रहेको ओपोलो बेसिनमा उत्रिने र त्यहाँ ५३ दिन रहने वैज्ञानिकले बताएका छन् । चांगई–६ ले फार साइडको सतहमा प्वाल पारि भित्रबाट र बाहिरी सतहबाट गरी झन्डै दुई किलो ग्राम माटो नमुनाका रुपमा सङ्कलन गर्ने छ ।

यान पठाउनु पूर्व चीनले क्युगियाओ-२ नामको नयाँ स्याटलाइट यही फेब्रुअरी वा आउँदो मार्च महिनामा प्रक्षेपण गर्ने तयारी गरेको छ । यो स्याटलाइटले चांगई-६ र पृथ्वीमा रहेको स्टेशनबीच सम्पर्क बनाइराख्न मद्दत पुर्याउने वैज्ञानिकहरुको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया