रुसले कब्जा गर्न थालेपछि युक्रेनले अव्डिभका सहरबाट सेनालाई फिर्ता बोलायो

 फागुन ५, २०८० शनिबार १८:२८:१५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

रुसले कब्जा गर्न थालेपछि युक्रेनले पूर्वी सहर अव्डिभकाबाट आफ्ना सेनालाई फिर्ता हुन आदेश दिएको छ ।

युक्रेनी सशस्त्र सेनाका कमान्डर ओलेक्जेन्डर स्टिरस्कीले आफ्ना सेनालाई फिर्ता बोलाइएको बताएका बीबीसीले उल्लेख गरेको छ । अव्डिभका सहरलाई रुसी सेनाले घेरा हालेर राखेका छन् । एक/दुई दिनमा युक्रेनी सेना फिर्ता नभएमा ठूलो क्षति हुने देखेपछि फिर्ता बोलाइएको खबरमा उल्लेख छ ।

‘सयौँ सैनिककाे जीवन र स्वास्थ्य जोगाउन हामीले सहरबाट उनीहरूलाई फिर्ता बोलाएर रक्षात्मक हुने निर्णय गरेका हौँ’, सेनाका कमान्डर स्टिरस्कीले भन्नुभएको छ ।

युक्रेनमा पछिल्लो समय केही कमजोर देखिएको रुसी आक्रमण फेरि बढिरहेको छ । अहिले कब्जा गर्न थालेको अव्डिभका सहर डोनेट्स्क क्षेत्रको प्रमुख र ठूलो सहर हो । यो सहर रुसले कब्जा गरेमा युक्रेनलाई गम्भीर धक्का पुग्ने खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया