गाजाको रफाहमा आक्रमण गर्ने इजरायलको चेतावनीप्रति राष्ट्रसङ्घको आपत्ति

 फागुन ८, २०८० मंगलबार १२:४७:३६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायलले गाजाको रफाह सहरमा आक्रमण गर्ने चेतावनी दिएपछि संयुक्त राष्ट्र सङ्घले आपत्ति जनाएको छ । राष्ट्रसङ्घले इजरायलले रफाहमा आक्रमण गरे यो निकै विनाशकारी घटना हुने जनाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

रफाहमा १० लाखभन्दा बढी  शरणार्थी र स्थानीयसहित लाखौँ मानिस बसोबास गरिरहेको भन्दै यस्तो निर्णय नलिन इजरायललाई राष्ट्रसङ्घले आग्रह गरेको खबरमा उल्लेख छ । यसअघि इजरायलले विद्रोही समूह हमासले गाजामा रहेका सबै इजरायली बन्धकहरूलाई मार्च १० अर्थात् फागुन २७ गतेसम्म रिहा नगरे रफाहमा कडा आक्रमण गर्ने चेतावनी दिएको थियो।

यस वर्षको मार्च १० देखि रमजान शुरु हुँदैछ । यसैलाई लक्षित गरेर इजरायलले आफ्ना नागरिकलाई रिहा गर्न भनेको हो । इजरायलले अस्पतालहरुमा सैन्य अभियान चलाइरहेकोप्रति पनि  राष्ट्रसङ्घले आपत्ति जनाएको छ। 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया