‍जापानमा बेमौसमी तापक्रम बढ्यो, बाढी र हिमपहिरोको जोखिम भएकाले सतर्क रहन आह्वान

 फागुन ९, २०८० बुधबार ६:५९:४२ | एजेन्सी
unn.prixa.net

उत्तरी जापानका विभिन्न ठाउँमा फेब्रुअरी शुरु भएसँगै दिनको समयमा तापक्रम एक्कासी बढेको छ ।  दक्षिण क्षेत्रबाट न्यानो हावा चल्दा जापानभर तापक्रम एक्कासी बढेको त्यहाँको मौसमसम्बन्धी निकायले जनाएको छ ।

होक्काइडोको मोम्बेत्सु शहरमा तापक्रम बढेर १७ दशमलव १ डिग्री सेल्सियस पुगेको छ । यो तापक्रम सामान्यतया जुन महिनाको अन्त्यमा अनुभव हुने तापक्रम हो ।  उत्तरी जापानको अकिता सहरमा पनि तापक्रम २० दशमलव १ डिग्री, मध्य जापानको कानाजावा सहरमा २१ दशमलव ८ डिग्री र मध्य टोकियोमा १६ दशमलव ५ डिग्री पुगेको छ ।

जापानका थुप्रै भागहरूमा बेमौसमी तातो मौसम जारी रहने अनुमान गरिएको त्यहाँको मौसम सम्बन्धी निकायलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ । एक्कासी तापक्रममा वृद्धि हुँदा हिउँ पग्लने सम्भावना धेरै रहेकाले तल्लो क्षेत्रका मानिसहरूलाई सम्भावित बाढी, खोल्सा र हिमपहिरोको जोखिम पर्न सक्ने भएकाले सतर्क रहन आह्वान गरिएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया