कांग्रेस महासमिति बैठकमा पेस भएका प्रतिवेदनमाथि आजदेखि छलफल

 फागुन ९, २०८० बुधबार ९:२३:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसको महासमिति बैठकमा पेस भएका विभिन्न पाँच वटा प्रतिवेदनमाथि आजदेखि छलफल शुरु हुँदैछ । अस्ति सोमवारदेखि ललितपुरको गोदावरीमा शुरु भएको कांग्रेसको महासमिति बैठकमा हिजो पाँच वटा प्रतिवेदन पेस भएका थिए ।

बैठकमा पार्टीका उपसभापति तथा उपप्रधान/रक्षामन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन, कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेस गर्नुभएको हो ।

समूहगत छलफलबाट आएका सुझावका आधारमा प्रतिवेदन मारिमार्जनसहित पारित हुनेछन् । मुख्यगरी गठबन्धनको विषयलाई लिएर विवाद रहेको कांग्रेस बैठकमा महामन्त्री थापाको गठबन्धन नगर्ने प्रस्तावले प्रवेश पाएको छ ।

सभापति शेरबहादुर देउवा, महामन्त्री थापा र अन्य केही नेताबीच विवादित विषयमा सहभागीको सुझावका आधारमा परिमार्जन गर्ने सहमतिपछि हिजो प्रतिवेदन पेस भएका हुन् । विवादित विषयमा प्राप्त सुझावका आधारमा केन्द्रीय समितिले निर्णय लिने तर यसको स्वामित्व भने महासमिति बैठकको हुने नेताहरुको भनाइ छ । समूहगत छलफलबाट आएका सुझावका आधारमा प्रतिवेदन मारिमार्जनसहित पारित हुनेछन् ।  महासमिति बैठक भाेलि १० गतेसम्म चल्नेछ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया