पहाडी क्षेत्रका थोरै ठाउँमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

 फागुन ९, २०८० बुधबार ९:१४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशका पहाडी क्षेत्रका थोरै ठाउँमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

पश्चिमी निम्न चापीय प्रणाली कारण आज काठमाण्डौ उपत्यकाका केही ठाउँमा क्षणिक रुपमा हल्कादेखि छिटपुट वर्षाको सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाण्डौ उपत्यकाको मौसम बदली रहे पनि सबैजसो ठाउँमा भने पानी पर्ने सम्भावना छैन । आजभन्दा भोलि काठमाण्डौ उपत्यकामा निम्न चापीय प्रणालीको प्रभाव बढि पर्ने मौसमविद् अधिकारीले बताउनु भयो । 

अहिले पनि गण्डकी प्रदेश र कर्णाली प्रदेशको थोरै ठाउँमा हल्का वर्षा भैरहेको महाशाखाले जनाएको छ । आउँदो २४ घण्टामा मधेस प्रदेशलगायत देशका पहाडी भेगका थोरै ठाउँहरूमा मेघगर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ  ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँमा र बाँकी  उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया