ग्रीसमा किसानद्वारा ट्र्याक्टरसहित विरोध प्रदर्शन

 फागुन ९, २०८० बुधबार १२:५८:१९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

ग्रीसमा हजारौँ किसानले विरोध प्रदर्शन गरेका छन् । एथेन्सको केन्द्रीय स्क्वायरमा भेला भएर उनीहरुले संसद् भवन अगाडि ट्र्याक्टर पार्किङ गरी विरोध गरेका हुन् । उनीहरुले उत्पादन लागत बढ्दा आफूहरु मर्कामा परेको गुनासो गरेका छन् ।

सरकारले किसानलाई सहायता दिनुपर्ने बेलामा उत्पादन लागत बढाएको किसानको गुनासो छ । उनीहरुले ‘किसान छैन, खानेकुरा छैन, भविष्य पनि छैन’ भन्ने नारा लगाएका थिए । बिजुलीको लागत ८४ प्रतिशतसम्मले बढेको, मलको मूल्य पनि चर्को भएको किसानको गुनासो छ ।

सरकारले प्राकृतिक प्रकोपबाट हुने क्षतिको तत्काल क्षतिपूर्ति, प्राथमिक क्षेत्रमा प्रयोग हुने बिजुली तथा इन्धनको न्यून मूल्य र करमा छुटलगायतले किसानको बोझ कम गर्ने उद्देश्यले प्याकेज कार्यक्रम घोषणा गरेको छ । तर किसानले खेतिलाई निरन्तरता दिन यी उपायहरू अपर्याप्त भएको बताउँदै आएका रोयटर्सले जनाएको छ ।

ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले युरोपेली संसद्का अध्यक्ष रोबर्टा मेत्सोलासँग भेट गरेर हालै फ्रान्सदेखि पोल्याण्ड र ग्रीससम्मका किसानहरूको प्रदर्शनलगायतका विभिन्न विषयमा छलफल समेत गर्नुभएको थियो । भारतमा पनि किसानहरुले आन्दोलन गर्दै आएका छन् । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया