तीन करोड रुपैयाँभन्दा कम लागतका योजना प्रदेश र पालिकामा पठाउँछाैँ : प्रधानमन्त्री

 फागुन १२, २०८० शनिबार १५:०:११ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) काे संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन करोड रुपैयाँभन्दा कम लागतका योजना सङ्घमा नराखी प्रदेश र पालिकामा पठाउनुपर्ने बताउनुभएको छ ।

सिंहदरबारमा आज बसेकाे माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्रीले सङ्घीयतालाई बलियो बनाउन वित्तीय हस्तान्तरणमा जोड दिइएको बताउनुभयो । कनिका छरे जसरी बजेट निर्माण गर्दा विकास र समृद्धि हासिल गर्न नसकिने उहाँकाे भनाइ थियो ।

‘रणनीतिक महत्त्वका योजना मात्र सङ्घमा राख्छौँ, तीन करोडभन्दा कम लागतका साना योजना प्रदेश र पालिकाले नै सञ्चालन गर्छन्, बजेटको क्षेत्र तोकेर पठाइन्छ, आयोजना छनोटको अधिकार प्रदेश र पालिकालाई प्रदान गरिन्छ’, उहाँले भन्नुभयो । नयाँ योजना धेरै नथपिकन पूरा हुन बाँकी पुराना योजनामा बजेट विनियोजन गरिने उहाँले बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘खर्च गर्न नसकिने शीर्षकमा बजेट थुपार्ने, अत्यावश्यक आयोजनामा बजेटका अभाव हुने बेथिति अन्त्य गर्नुपर्छ । पुराना योजना सम्पन्न गर्न सरकारले हरसम्भव प्रयत्न गर्नेछ ।’

प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटनाको प्रतिवेदन आफूले प्राप्त गरिसकेको र अध्ययनकै क्रममा रहेको जानकारी दिनुभयो । यो सरकारको क्षेत्राधिकार भएकाले प्रतिपक्षले राजनीतिक संस्कार देखाउनुपर्ने प्रचण्डको भनाइ छ । अब हुने मन्त्रिपरिषद् बैठकपछि सरकारका तर्फबाट संसदमा विधेयकहरू प्रस्तुत गरिने भएकाले ती विधेयक पारित गराउन सांसदहरूलाई प्रधानमन्त्रीले आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया