२०२३ काे पछिल्लो ३ महिनामा भारतको अर्थतन्त्र ८ दशमलव ४ प्रतिशतले बढ्यो

 फागुन १८, २०८० शुक्रबार १६:५२:३४ | एजेन्सी
unn.prixa.net

सन् २०२३ को पछिल्लो तीन महिनामा भारतको अर्थतन्त्र आठ दशमलव चार प्रतिशतले बढेको छ । योसँगै भारत एक पटक फेरि विश्वको सबैभन्दा तीव्र गतिमा अर्थतन्त्र वृद्धि हुने देश बनेको बीबीसीले जनाएको छ ।

भारतमा आमचुनाव हुन लागेको बेला यो तथ्याङ्क सार्वजनिक भएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो तथ्याङ्कले देशको अर्थव्यवस्थाको शक्ति र क्षमतालाई देखाएको सामाजिक सञ्जालमार्फत एक्समा लेख्नुभएको छ ।

भारतले आउँदो केही वर्षमा जापान र जर्मनीलाई पछि पार्दै विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण भएको छ । अर्थतन्त्रमा अपेक्षा गरेभन्दा राम्रो हुनुमा उत्पादन क्षेत्रको भूमिका महत्वपूर्ण रहेको खबरमा उल्लेख छ । भारतमा निजी उपभोगले देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को दुई तिहाइ हिस्सा ओगटेको छ ।

यस अवधिमा यो दर तीन दशमलव पाँच प्रतिशतले बढेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२४ मा भारतको अर्थतन्त्र छ दशमलव पाँच प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ । यस्तै चीनको अर्थतन्त्र चार दशमलव छ प्रतिशतले बढ्ने प्रक्षेपण छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया