सांसदले उठाएका विषयकाे जवाफ दिन सरकारलाई सभामुखको फेरि रुलिङ

 फागुन १८, २०८० शुक्रबार १८:९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – संसद् बैठकमा सांसदहरूले उठाएका विषयहरूको जवाफ दिन सभामुख देवराज घिमिरेले सरकारलाई फेरि रुलिङ गर्नुभएको छ । यसअघि पटक–पटक रुलिङ गरे पनि सरकारले जवाफ नदिएको भन्दै विपक्षी दलहरूले विरोध गरेपछि सभामुख घिमिरेले आउँदो २१ गते बस्ने बैठकमा जवाफ दिन फेरि रुलिङ गर्नुभएको हो ।

आज बसेको प्रतिनिधि सभा बैठकमा प्रतिपक्ष दल नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले बालकुमारी घटनामा दोषी ठहर मन्त्रीको राजीनामा नआएको तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि संसदमा आएर कुनै जवाफ नदिएको भन्दै बैठक अवरोधको प्रयास गरेका थिए ।

त्यस्तै मिटरब्याज, लघुवित्त र सहकारी पीडितहरूको समस्या समाधानमा जिम्मेवार नभएको, रुसी सेनामा नेपाली भर्ती भएको विषयलगायतमा प्रतिपक्ष दलहरूले पटक–पटक सरकारलाई प्रश्न सोधे पनि उत्तर नपाएको भन्दै आन्दोलन जारी रहेको बताएका थिए ।

लगत्तै सभामुख घिमिरेले आफूले यसअघिको बैठकमा पनि सरकारलाई बैठकमा उपस्थित भएर जवाफ दिन निर्देशन दिइसकेको भन्दै सभाको फागुन २१ गते बस्ने बैठकमा समसामयिक विषयहरूको सन्दर्भमा जवाफ दिन सरकारलाई रुलिङ गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया