गठबन्धनमा सहभागी हुन माधव नेपाललाई प्रधानमन्त्री प्रचण्डको प्रस्ताव

 फागुन २२, २०८० मंगलबार ७:१३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा सहभागी हुन नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग प्रस्ताव राख्नुभएको छ । हिजो बेलुका अध्यक्ष नेपालको निवास कोटेश्वरमै पुगेर प्रचण्डले सत्ता साझेदारीको प्रस्ताव गर्नुभएको हो ।

रुघाखोकीले बिरामी नेपाललाई भेट्न भनेर प्रचण्ड पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित उहाँको निवास पुग्नुभएको थियो । प्रचण्डले गठबन्धनमा आउन प्रस्ताव गरे पनि अध्यक्ष नेपालले पार्टीमा छलफल नगरी निर्णय दिन नसक्ने जवाफ दिनुभएको छ । 

उहाँले पछिल्लो राजनीतिक घटनाक्रममा आफ्नो पार्टीलाई निक्कै उपेक्षा गरिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको थियो । फेरिएको सत्ता गठबन्धनले नेता नेपाललाई निक्कै अप्ठेरोमा पारेको छ ।

माओवादी एकीकृत समाजवादीलाई सहकार्यमा लैजाने पक्षमा भए पनि एमाले अहिलेसम्म सकारात्मक देखिएको छैन । पार्टी फुटेदेखि नै नेता नेपाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको सम्बन्ध बिग्रिएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया