मन्त्रालयको भागबन्डा मिलाउन गठबन्धनको बैठक बस्दै

 फागुन २२, २०८० मंगलबार ९:९:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मन्त्रालयको भागबन्डा मिलाउन सत्ता गठबन्धनको बैठक आज बस्दैछ । गठबन्धनको बैठक दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तयारी छ । मन्त्रालयको बाँडफाँटका लागि एमालेबाट महासचिव शंकर पोखरेल, नेकपा (माओवादी केन्द्र) बाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डा. स्वर्णिम वाग्ले र जनता समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र श्रेष्ठ खटिनुभएको छ । 

नयाँ सत्ता समीकरणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो सबै मन्त्रीलाई बर्खास्त गरेर ४ सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन गर्नुभएको छ । हिजो एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डीपी अर्यालले पद तथा गोपनीयताको सपथ लिएका छन् । तीनै जनाको मन्त्रालय तोकिएको छैन ।

सत्ता गठबन्धनका चार दलबिच आठ बुँदे सहमति भएको छ । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच सरकारमा सहकार्य गर्नेसहित विभिन्न आठवटा बुँदामा सहमति भएको हो ।सरकारको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने तथा रिक्त रहेको राष्ट्रिय सभाको अध्यक्षमा माओवादीका उम्मेदवार र उपाध्यक्षमा एमालेका उम्मेदवारलाई समर्थन गर्नेलगायत सहमति भएको छ ।

सरकारमा सहभागी भएका दलहरूकाबीचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने सहमति भएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया