भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
सन् २०१६ डिसेम्बरमा पहिलो पटक विदेशको यात्रा गरेको थिएँ । स्नातकोत्तर अन्तिम वर्षको नतिजा पर्खिँदै शाखा अधिकृतको तयारी पनि गर्दै थिएँ । २०६७ सालमा सदर चिडियाखानामा काम गर्थें ।
अधिकृतको तयारी गर्दागर्दै दुवईमा मैले जानेकै कामको माग आएको देखें । दुई चरणको अन्तरवार्ता पनि दिएँ । २० जनाको कोटामा केवल हामी ६ जना छनोट भयौं । हामी सबै एकै ठाउँमा काम गर्ने साथी थियौं ।
अन्तरवार्ता पास गरेर दुवई पुगें । दुवई नगरपालिका अन्तर्गतको कार्यालय भएकोले बस्ने सुविधा राम्रो थियो । एसीसहितको कोठा छ अनि क्लिनर र वासिङ मेसिनको सुविधा पनि थियो ।
हप्तामा दुई दिन बिदा पनि छ । काम ८ घण्टा भए पनि एक घण्टा खानाको ब्रेक हुने भएकाले ५/६ घण्टा मात्रै काम हुन्छ । घर जानका लागी कुनै रोकटोक छैन । हामी आएको १८ महिनामा दुईदेखि पाँच पटकसम्म छुट्टीमा आइसक्यौं ।
अप्ठ्यारो भनेको खासै त्यस्तो केहि छैन । आफ्नो सीपले काम गर्ने हो । मुख्य अङ्ग्रेजी भाषा नै चल्छ तर हल्का हिन्दी पनि बोलिन्छ । विदेश आएको २० महिना भयो । कुनै गुनासो छैन । सरकारी जागिर गर्ने सपना थियो, पुरा हुन सकेन ।
कहिलेकाहीँ नमिठो लाग्छ । तर पनि उमेरले सरकारी जागिरमा लड्न पाउने समय बाँकी नै भएकाले देश फर्किएर सरकारी जागिर खाने सपना मरेको छैन । वैदेशिक रोजगारमा आउनु थोरैको रहर होला तर धेरैको बाध्यता नै हो ।
त्यसैले यो क्षेत्रमा हुने गरेको वा भएको अरु समस्याहरु निराकरण गर्न सकियोस । अनि सीप र अनुभवसँगै योग्यता बढाउन तालिम र नेपाल सरकारले कुट्नीतिक रुपमा बलियो हुनुपर्छ जस्तो लाग्छ ।
त्यसैले नेपालीहरु विदेश आउँदा सीप सिकेर आउँदा राम्रो हुन्छ । र अन्तिममा
समय मिले मन्दिरमा,रथ ठेल्न आउँला फेरि
मिलेर देउसी अनि,भैलो खेल्न आउँला फेरि
परदेशमा ज्यान तर स्वदेशमा मन हमेसा
सेलरोटी पकाउन, पिठो बेल्न आउँला फेरि
गर्मी छ चिसो बतास सम्झिन्छु हिमालको
मिलेर सबै मन्दिरको रथ ठेल्न आउँला फेरि
आफ्नै प्यारो आफ्नै राम्रो जे जस्तो होस यहाँ
उकाली ओराली गाउँमा झेल्न आउँला फेरि ।