इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा : युनाइटेड र बर्नमाउथले बराबरी खेले

 वैशाख २, २०८१ आइतबार ७:३०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ –  इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा सिटीले लुटन टाउनलाई ५–१ गोलले हराउँदै तालिकाको शीर्ष स्थानमा पुगेको हो । सिटीको ३२ खेलमा ७३ अङ्क छ । एक खेल कम खेलेको आर्सनल ७१ अङ्कसहित दोस्रो र ७१ अङ्क नै रहेको लिभरपुल तेस्रो स्थानमा छ ।

अरु खेलमा म्यानचेस्टर युनाइटेड र बर्नमाउथ, नटिङघम फरेस्ट र उल्भ्सले २–२ गोलको तथा बर्नली र ब्राइटनले १–१ गोलको बराबरी खेलेका छन् । ब्रेन्टफोर्डले सेफिल्ड युनाइटेडलाई २–० र न्युक्यासलले टोटनहमलाई ४–० गोलले हराएको छ । आज लिभरपुल र क्रिस्टल प्यालेस, वेस्टह्याम र फुलहम तथा आर्सनल र एस्टनभिल्लाबीच खेल हुनेछ ।

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया